Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,कैलाली

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,कैलाली

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी सम्बन्धी

2078-09-08

2078-09-08


नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागबाट मिति २०७८।०९।०७ गते जारी सूचना अनुसार हाल राहदानी अत्यावश्यक पर्ने महानुभावले विद्युतीय राहदानी प्राप्त गर्नको लागी गर्नु पर्ने लाइभ इनरोलमेन्ट (विवरण प्रविष्टि) अगाडी राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको हुदा व्यक्तिगत तथा जैविक विवरण दर्ता गराउनु पर्ने भएकोले त्यसको लागी राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा सेवा बिस्तार नगरुन्जेल सम्मको लागि हाललाई उपत्यकामा मिति २०७८।०९।०१ गते आईतवार देखि लागु हुने गरी कैलाली जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट व्यवस्थापन हुने गरी कार्य गर्न क्षेत्र तोकिएकोले विद्युतिय राहदानी आवश्यक पर्ने महानुभावहरुले जिल्ला प्रशासन कार्यालय ललितपुरमा सम्पर्क गरी विवरण प्रविष्टि गर्नु हुन र राष्ट्रसेवक कर्मचारीले भने आफ्नो कर्मचारी परिचय पत्र सहित राष्ट्रिय परिचयपत्र पंजीकरण विभागमा सम्पर्क राख्न हुन भनी लेखि आएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । उक्त कार्यको लागि यस जिल्लाबाट सिफारिश गर्न नपर्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-09 09:46:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,कैलाली .