धेरै साेधीएका प्रश्न र उत्तर
2076-01-19
2076-01-19
नागरिकता शाखासँग सम्बन्धित
१ वंशजको आधारमा नागरिकता प्राप्त गर्ने प्रक्रिया के हो ?
- १६ वर्ष उमेर पुगेको हुनुपर्ने
- वडा कार्यालयबाट अनुसुची १ बमोजिमको ढाँचाको सिफारिस निवेदन
- बुवाले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने
- वंश खुल्ने तीन पुस्ताभित्रको नाता पर्ने नेपाली नागरिकले सनाखत गर्नुपर्ने
- वंश खुल्ने तर ३ पुस्ता भित्र नपर्ने अवस्थामा सम्बन्धित स्थानीय तहबाट नाता प्रमाणीत गर्नुपर्ने
- बसाइसराई गरेको हकमा बसाइसराई प्रमाणपत्र ल्याउनुपर्ने
- बुवा/आमाको नागरिकता प्रमाणपत्र, जन्मदर्ता, शैक्षीक प्रमाणपत्र/ जन्ममिति प्रमाणित
- विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकता
२ वैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र प्राप्त गर्न के के कागजात आवश्यक पर्दछ ?
- पतिको नागरिकताको प्रमाणपत्र
- विवाहदर्ता
- जन्ममिति खुलेको प्रमाणपत्र
- अनुसुची ७ बमोजिमको ढाँचाको निवेदन
- विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा
- चालचलन बुझेको प्रहरी सर्जमिन
३ नाबालिक परिचयपत्र बनाउन के गर्नुपर्छ ?
- १६ वर्ष पुरा नभएको हुनुपर्ने
- स्थानीय तह कार्यसंचालन/ कार्यविधिमा निर्दिष्ट गरेको ढाँचामा स्थानीय तहको सिफारिस
- आमा/ बुवाको नागरिकताको प्रमाणपत्र
- अन्य जिल्लाबाट बसाई सरि आएको भए बसाइसराईको प्रमाणपत्र
- जन्ममिति खुल्ने प्रमाणपत्र
- वंशज खुल्ने गरि तीन पुस्ते
- वंशज खुल्ने गरि तीन पुस्ते नाताभित्रको नाता पर्ने नेपाली नागरिकले सनाखत गर्नुपर्ने
४ आमाको नामबाट नागरिकता प्रमाणपत्र पाईन्छ कि पाईदैन ?
- नागरिकता ऐन 2063 र नियमावली 2063 मा आमाको नामबाट नागरिकता प्रमाणपत्र पाइने व्यवस्था नभएको ।
५ नेपाली नागरिकताको प्रमाणपत्र बनाउन कुनै शुल्क लाग्छ कि लाग्दैन ?
- कुनै शुल्क लाग्दैन तर निवेदनमा रु १० को टिकट टाँस्नुपर्छ ।
प्रतिलिपी शाखासँग सम्बन्धित
१ नेपाली नागरिकताको प्रतिलिपी लिँदा के के कागजातहरु पेश गर्नु पर्दछ ?
- हाल बसोबास भएको सम्बन्धित स्थानीय तहको सिफारिस निवेदन
- नागरिकता प्रमाणपत्रको सक्कल/ प्रतिलिपि/ नागरिकता विवरण खुल्ने कुनै सरकारी आधिकारिक कागज
२ बाह्य जिल्लाको अभिलेखको आधारमा नागरिकता प्रतिलिपी लिन के के कागजात पेश गर्नुपर्छ ?
- हाल बसोबास भएको सम्बन्धित स्थानीय तहको सिफारिस निवेदन
- नागरिकता प्रमाणपत्रको सक्कल/ प्रतिलिपि
- बसाइसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि /बसोबास प्रमाणीत
- नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख माग गरि भिडि आएको पत्र
३ पती/पत्नीको नाम थर कायम गरी प्रतिलिपी लिँदा के के चाहिन्छ
- हाल बसोबास भएको सम्बन्धीत स्थानीय तहको सिफारिस निवेदन
- नागरिकता प्रमाणपत्रको सक्कल / प्रतिलिपी
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी वा नाता प्रमाणीत
- पती / पत्नीको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि एवं सनाखत
- बाह्य जिल्लाको हकमा नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख माग गरी भिडी आएको पत्र
४ कुनै विवरण संसोधन वा थपघट गर्नु परेमा के के कागजात चाहिन्छ ?
- हाल बसोबास भएको सम्बन्धीत स्थानीय तहको सिफारिस निवेदन
- नागरिकता प्रमाणपत्रको सक्कल / प्रतिलिपी
- शैक्षिक योग्यता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
- सोही व्यहोराको स्थानीय निकायको किटानी सिफारिस पत्र
- स्थानीय निकायबाट सर्जमिन मुचुल्का
- विवरण फरक भएको व्यक्ती फरक फरक नभै एउटै हो भन्ने स्थानीय निकायबाट सिफारिस पत्र
५ सम्बन्ध विच्छेद पश्चात नागरिकता प्रमाणपत्रमा पती/पत्नीको नाम हटाउनु परेमा के के कागजात अवश्यक पर्दछ ?
- हाल बसोबास गरिरहेको स्थानीय तहको सिफारिस निवेदन
- नागरिकता प्रमाणपत्रको सक्कल/प्रतिलिपी
- अदालतको फेसला
- सम्बन्ध विच्छेदको प्रमाणपत्र
स्थानीय प्रशासन शाखा सँग सम्बन्धित
१ चाल चलन/ चारित्रिक प्रमाणपत्र बनाउनको लागि के के कागजात आवश्यक पर्छ ?
- नागरिकता प्रतिलिपी
- रु १० को टिकट सहितको निवेदन
- अन्य जिल्लाको नागरिकता भए बसाइसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी
२ नाम/थर जन्ममिति फरक परेमा प्रमाणीतको लागि के के चाहिन्छ ?
- फरक परेको कागजातको प्रतिलिपी
- वडा कार्यालयको सिफारिस
- रु १० को टिकट सहित आँफुले लेखेको निवेदन
३ आदिवासी/ मधेसी/ दलित/ अल्पसंख्यक प्रमाणीतको लागि के के कागजात पेश गर्नुपर्छ ?
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- रु १० को टिकट सहित आँफूले लेखेको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
४ CCTV जडान अनुमति लिनका लागि के कस्ता कागजातहरु पेश गर्नुपर्दछ ?
- प्रयोजन खुलेको निवेदन पत्र
- नागरिकता प्रतिलिपी/ परिचय खुल्ने अन्य कागजातहरु
- घर नक्साको प्रतिलिपी
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी
- सम्बन्धित स्थानीय तहको सिफारिस
- CCTV/Camera निगरानीको लागि सम्बन्धित पक्षबाट खटिने व्यक्तिको विवरण
संघ संस्था शाखा सँग सम्बन्धित
१ संस्था दर्ता गर्न आउँदा के के कागजात पेश गर्नुपर्दछ ?
- संस्था दर्ताको लागि आम भेलाको निर्णय
- स्थानीय तहको सिफारिस
- तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
- निवेदन
- रु १००० राजश्व तिर्नुपर्ने
- विधान ३ प्रति
२ संस्था नविकरणका लागि आवश्यक कागजात के के हुन् ?
- साधारण सभा/ कार्यसमितिको निर्णयको प्रतिलिपि
- स्थानीय तहको सिफारिस
- लेखापरिक्षण प्रतिवेदन
- करचुक्ता प्रमाणपत्र
- निवेदन
- राजश्व तिरेको रसिद
- प्रगती प्रतिवेदन
३ पत्रिका दर्ता गर्दा के के कागजात आवश्यक पर्छ ?
- प्रकाशक सम्पादकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्पादकको स्नातक सम्मको शैक्षिक प्रमाणपत्र
- प्रेस सँगको सम्झौता, प्रेसको दर्ता र कर चुक्ता
- सम्पादकको नियुक्ति
- निवेदन र २ प्रति फोटो
- राजश्व तिरेको रसिद्
४ प्रेस दर्ता गर्दा के के प्रक्रिया अपनाउनु पर्छ ?
- निवेदन र २ प्रति फोटो
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- स्थानीय तहको सिफारिस (चार किल्ला तोकेको)
- प्रेश राख्ने घरको नक्शा
- जग्गाको लालपुर्जाको प्रतिलिपी
- भाडाको घरमा भए घरधनीसँगको सम्झौतापत्र
- व्यवसाय संचालनको ईजाजत
राहदानी शाखासँग सम्बन्धित
१ नयाँ एमआरपि बनाउन के गर्ने ?
- नयाँ एमआरपि बनाउनका लागि रीत पूर्वक राहदानी फाराम भरी एमआरपिलाई तोकिए अनुसारको फोटो खिची सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वा द्रुत सेवाको लागि राहदानी विभाग, नारायणहिटीबाट आवेदन दिन सकिन्छ । कागजात रुजु भए पश्चात राहदानीका लागि तोकिएको शुल्क तिरी आवेदन दिनुपर्दछ ।
२ राहदानी बनाउन के के कागजात आवश्यक हुन्छ ?
- नेपाली नागरिकताको सक्कल प्रमाणपत्र (१ प्रति प्रतिलिपी सहित)
- नावालिक (१६ वर्ष उमेर पुरा नभएको ) हकमा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नाबालक परिचयपत्रको सक्कल (१ प्रति प्रतिलिपी सहित)
- द्रुत सेवा (१ दिन रु १५०००, दुइ दिन रु १२००० वा ३ दिन रु १००००) अन्तर्गत राहदानी विभागमा आवेदन दिनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट निर्धारित ढाँचामा उपलब्ध गराईएको नागरिकता/नाबालक परिचयपत्र प्रमाणिकरण
- पहिला राहदानी लिएको भए सो को सक्कल (१ प्रति प्रतिलिपी सहित)
- Online मार्फत pre-enrollment (पूर्व दर्ता प्रणाली) बाट आवेदन गरेको फारम प्रिन्ट गरी निकाल्न वा Barcode Number प्राप्त गर्न राहदानी विभागको webpage: www.nepalpassport.gov.np मा log on गर्नुहोस वा Mobile app 'Nepal Passport' प्रयोग गर्नुहोस ।
- बिरामी, बालक, बृद्ध वा अशक्तको हकमा पुरानै ढाँचाको ICR ( Intelligent Character Recognition) फर्म Manually भरी पेश गर्न सकिने ।
२ राहदानीको निमित्त राजश्व दस्तुर कति लाग्छ ?
- जिल्ला प्रशासन कार्यालयबाट नयाँ राहदानी बनाउँदा वा राहदानी नविकरण गर्दा रु ५०००।-
- द्रुत सेवामा राहदानी विभाग काठमाण्डौबाट राहदानी लिँदा रु १५०००।- शुल्क तिरेर एकै दिनमा राहदानी बनाउन सकिन्छ, त्यसै गरी रु १२०००।- शुल्क तिरेर फाराम बुझाएको भोलिपल्ट पाईने र रु १००००।- शुल्क तिरेर ३ दिनमा पाइने छ ।
- पुरानो राहदानी हराएकोमा वा राहदानीमा क्षति पुगी नयाँ बनाउनु पर्ने अवस्थामा थप दस्तुर रु ५०००।- लाग्नेछ ।
३ हस्तलिखित राहदानीको म्याद बहाल हुँदै एमआरपि बनाउन सकिन्छ ?
- सकिन्छ । यसको लागि नयाँ एमआरपि बनाउँदा अबलम्बन गर्नुपर्ने प्रक्रिया पुरा गर्नु पर्दछ ।
४ राहदानी विभागबाट द्रुत सेवाबाट एमआरपि लिन के गर्नुपर्छ ?
- आफ्नो नागरिकता प्रमाणपत्र जारी भएको जिल्ला प्रशासन कार्यालयबाट वा बसाईसराई भएकोमा बसाईसराई भएको जिल्लामा अवस्थित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गरी राहदानी विभागमा आवेदन दिन सकिन्छ । यसका लागि थप दस्तुर लाग्ने हुन्छ र प्राविधिक वा अन्य कारण भएमा बाहेक सामान्यत राहदानी विभागबाट आवेदन दिएको तेस्रो कार्यदिनमा राहदानी जारी गर्ने गरिएको छ ।
५ नेपाली नागरिकता प्रमाणपत्र प्रमाणिकरण कसरी गर्ने ?
- नागरिकता प्रमाणपत्र जुन जिल्ला प्रशासन कार्यालयबाट जारी भएको हो त्यही जिल्लाबाट प्रमाणित गरिन्छ । यसमा आवेदकको फोटो टाँसी त्यसमा सम्बन्धित अधिकारीको दस्तखत गरिएको हुन्छ । नागरिकता प्राप्त गरेको जिल्लाबाट बसाई सरेको अवस्थामा बसाईसराईको कागजात लिई हाल बसोबास गरेको जिल्लाबाट प्रमाणिकरण गर्न सकिन्छ । नागरिकता प्रमाणिकरण नभै राहदानी विभागमा आवेदन स्विकार हुँदैन ।