Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,कैलाली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,कैलाली

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

धेरै साेधीएका प्रश्न र उत्तर

नागरिकता शाखासँग सम्बन्धित

१ वंशजको आधारमा नागरिकता प्राप्त गर्ने प्रक्रिया के हो ?

  • १६ वर्ष उमेर पुगेको हुनुपर्ने
  • वडा कार्यालयबाट अनुसुची १ बमोजिमको ढाँचाको सिफारिस निवेदन
  • बुवाले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने
  • वंश खुल्ने तीन पुस्ताभित्रको नाता पर्ने नेपाली नागरिकले सनाखत गर्नुपर्ने
  • वंश खुल्ने तर ३ पुस्ता भित्र नपर्ने अवस्थामा सम्बन्धित स्थानीय तहबाट नाता प्रमाणीत गर्नुपर्ने
  • बसाइसराई गरेको हकमा बसाइसराई प्रमाणपत्र ल्याउनुपर्ने
  • बुवा/आमाको नागरिकता प्रमाणपत्र, जन्मदर्ता, शैक्षीक प्रमाणपत्र/ जन्ममिति प्रमाणित
  • विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकता

२ वैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र प्राप्त गर्न के के कागजात आवश्यक पर्दछ ?

  • पतिको नागरिकताको प्रमाणपत्र
  • विवाहदर्ता
  • जन्ममिति खुलेको प्रमाणपत्र
  • अनुसुची ७ बमोजिमको ढाँचाको निवेदन
  • विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा
  • चालचलन बुझेको प्रहरी सर्जमिन

३ नाबालिक परिचयपत्र बनाउन के गर्नुपर्छ ?

  • १६ वर्ष पुरा नभएको हुनुपर्ने
  • स्थानीय तह कार्यसंचालन/ कार्यविधिमा निर्दिष्ट गरेको ढाँचामा स्थानीय तहको सिफारिस
  • आमा/ बुवाको नागरिकताको प्रमाणपत्र
  • अन्य जिल्लाबाट बसाई सरि आएको भए बसाइसराईको प्रमाणपत्र
  • जन्ममिति खुल्ने प्रमाणपत्र
  • वंशज खुल्ने गरि तीन पुस्ते
  • वंशज खुल्ने गरि तीन पुस्ते नाताभित्रको नाता पर्ने नेपाली नागरिकले सनाखत गर्नुपर्ने

४ आमाको नामबाट नागरिकता प्रमाणपत्र पाईन्छ कि पाईदैन ?

  • नागरिकता ऐन 2063 र नियमावली 2063 मा आमाको नामबाट नागरिकता प्रमाणपत्र पाइने व्यवस्था नभएको ।

५ नेपाली नागरिकताको प्रमाणपत्र बनाउन कुनै शुल्क लाग्छ कि लाग्दैन ?

  • कुनै शुल्क लाग्दैन तर निवेदनमा रु १० को टिकट टाँस्नुपर्छ ।

 

प्रतिलिपी शाखासँग सम्बन्धित

१ नेपाली नागरिकताको प्रतिलिपी लिँदा के के कागजातहरु पेश गर्नु पर्दछ ?

  • हाल बसोबास भएको सम्बन्धित स्थानीय तहको सिफारिस निवेदन
  • नागरिकता प्रमाणपत्रको सक्कल/ प्रतिलिपि/ नागरिकता विवरण खुल्ने कुनै सरकारी आधिकारिक कागज

२ बाह्य जिल्लाको अभिलेखको आधारमा नागरिकता प्रतिलिपी लिन के के कागजात पेश गर्नुपर्छ ?

  • हाल बसोबास भएको सम्बन्धित स्थानीय तहको सिफारिस निवेदन
  • नागरिकता प्रमाणपत्रको सक्कल/ प्रतिलिपि
  • बसाइसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि /बसोबास प्रमाणीत
  • नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख माग गरि भिडि आएको पत्र

३ पती/पत्नीको नाम थर कायम गरी प्रतिलिपी लिँदा  के के चाहिन्छ

  • हाल बसोबास भएको सम्बन्धीत स्थानीय तहको सिफारिस निवेदन
  • नागरिकता प्रमाणपत्रको सक्कल / प्रतिलिपी
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी वा नाता प्रमाणीत
  • पती / पत्नीको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि एवं सनाखत
  • बाह्य जिल्लाको हकमा नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख माग गरी भिडी आएको पत्र

 ४ कुनै विवरण संसोधन वा थपघट गर्नु परेमा  के के कागजात चाहिन्छ ?

  •  हाल बसोबास भएको सम्बन्धीत स्थानीय तहको सिफारिस निवेदन
  • नागरिकता प्रमाणपत्रको सक्कल / प्रतिलिपी
  •  शैक्षिक योग्यता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
  • सोही व्यहोराको स्थानीय निकायको किटानी सिफारिस पत्र
  • स्थानीय निकायबाट सर्जमिन मुचुल्का
  •  विवरण फरक भएको व्यक्ती फरक फरक नभै एउटै हो भन्ने स्थानीय निकायबाट सिफारिस पत्र

५ सम्बन्ध विच्छेद पश्चात नागरिकता प्रमाणपत्रमा पती/पत्नीको नाम हटाउनु परेमा के के कागजात अवश्यक पर्दछ ?

  • हाल बसोबास गरिरहेको स्थानीय तहको सिफारिस निवेदन
  • नागरिकता प्रमाणपत्रको सक्कल/प्रतिलिपी
  • अदालतको फेसला
  • सम्बन्ध विच्छेदको प्रमाणपत्र

 

स्थानीय प्रशासन शाखा सँग सम्बन्धित

१ चाल चलन/ चारित्रिक प्रमाणपत्र बनाउनको लागि के के कागजात आवश्यक पर्छ ?

  • नागरिकता प्रतिलिपी
  • रु १० को टिकट सहितको निवेदन
  • अन्य जिल्लाको नागरिकता भए बसाइसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी

२ नाम/थर जन्ममिति फरक परेमा प्रमाणीतको लागि के के चाहिन्छ ?

  • फरक परेको कागजातको प्रतिलिपी
  • वडा कार्यालयको सिफारिस
  • रु १० को टिकट सहित आँफुले लेखेको निवेदन

३ आदिवासी/ मधेसी/ दलित/ अल्पसंख्यक प्रमाणीतको लागि के के कागजात पेश गर्नुपर्छ ?

  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • रु १० को टिकट सहित आँफूले लेखेको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी

CCTV जडान अनुमति लिनका लागि के कस्ता कागजातहरु पेश गर्नुपर्दछ ?

  • प्रयोजन खुलेको निवेदन पत्र
  • नागरिकता प्रतिलिपी/ परिचय खुल्ने अन्य कागजातहरु
  • घर नक्साको प्रतिलिपी
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी
  • सम्बन्धित स्थानीय तहको सिफारिस
  • CCTV/Camera निगरानीको लागि सम्बन्धित पक्षबाट खटिने व्यक्तिको विवरण

संघ संस्था शाखा सँग सम्बन्धित

१ संस्था दर्ता गर्न आउँदा के के कागजात पेश गर्नुपर्दछ ?

  • संस्था दर्ताको लागि आम भेलाको निर्णय
  • स्थानीय तहको सिफारिस
  • तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
  • निवेदन
  • रु १००० राजश्व तिर्नुपर्ने
  • विधान ३ प्रति

२ संस्था नविकरणका लागि आवश्यक कागजात के के हुन् ?

  • साधारण सभा/ कार्यसमितिको निर्णयको प्रतिलिपि
  • स्थानीय तहको सिफारिस
  • लेखापरिक्षण प्रतिवेदन
  • करचुक्ता प्रमाणपत्र
  • निवेदन
  • राजश्व तिरेको रसिद
  • प्रगती प्रतिवेदन

३ पत्रिका दर्ता गर्दा के के कागजात आवश्यक पर्छ ?

  • प्रकाशक सम्पादकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सम्पादकको स्नातक सम्मको शैक्षिक प्रमाणपत्र
  • प्रेस सँगको सम्झौता, प्रेसको दर्ता र कर चुक्ता
  • सम्पादकको नियुक्ति
  • निवेदन र २ प्रति फोटो
  • राजश्व तिरेको रसिद्

४ प्रेस दर्ता गर्दा के के प्रक्रिया अपनाउनु पर्छ ?

  • निवेदन  र २ प्रति फोटो
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • स्थानीय तहको सिफारिस (चार किल्ला तोकेको)
  • प्रेश राख्ने घरको नक्शा
  • जग्गाको लालपुर्जाको प्रतिलिपी
  • भाडाको घरमा भए घरधनीसँगको सम्झौतापत्र
  • व्यवसाय संचालनको ईजाजत

 

राहदानी शाखासँग सम्बन्धित

१ नयाँ एमआरपि बनाउन के गर्ने ?

  • नयाँ एमआरपि बनाउनका लागि रीत पूर्वक राहदानी फाराम भरी एमआरपिलाई तोकिए अनुसारको फोटो खिची सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वा द्रुत सेवाको लागि राहदानी विभाग, नारायणहिटीबाट आवेदन दिन सकिन्छ । कागजात रुजु भए पश्चात राहदानीका लागि तोकिएको शुल्क तिरी आवेदन दिनुपर्दछ ।

२ राहदानी बनाउन के के कागजात आवश्यक हुन्छ ?

  • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र (१ प्रति प्रतिलिपी सहित)
  • नावालिक (१६ वर्ष उमेर पुरा नभएको ) हकमा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नाबालक परिचयपत्रको सक्कल (१ प्रति प्रतिलिपी सहित)
  • द्रुत सेवा (१ दिन रु १५०००, दुइ दिन रु १२००० वा ३ दिन रु १००००) अन्तर्गत राहदानी विभागमा आवेदन दिनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट निर्धारित ढाँचामा उपलब्ध गराईएको नागरिकता/नाबालक परिचयपत्र प्रमाणिकरण
  • पहिला राहदानी लिएको भए सो को सक्कल (१ प्रति प्रतिलिपी सहित)
  • Online  मार्फत pre-enrollment (पूर्व दर्ता प्रणाली) बाट आवेदन गरेको फारम प्रिन्ट गरी निकाल्न वा Barcode Number  प्राप्त गर्न राहदानी विभागको webpage:  www.nepalpassport.gov.np मा log on गर्नुहोस वा Mobile app 'Nepal Passport'  प्रयोग गर्नुहोस ।
  • बिरामी, बालक, बृद्ध वा अशक्तको हकमा पुरानै ढाँचाको ICR ( Intelligent Character Recognition) फर्म Manually भरी पेश गर्न सकिने ।

२ राहदानीको निमित्त राजश्व दस्तुर कति लाग्छ ?

  • जिल्ला प्रशासन कार्यालयबाट नयाँ राहदानी बनाउँदा वा राहदानी नविकरण गर्दा रु ५०००।-
  • द्रुत सेवामा राहदानी विभाग काठमाण्डौबाट राहदानी लिँदा रु १५०००।- शुल्क तिरेर एकै दिनमा राहदानी बनाउन सकिन्छ, त्यसै गरी रु १२०००।- शुल्क तिरेर फाराम बुझाएको भोलिपल्ट पाईने र रु १००००।- शुल्क तिरेर ३ दिनमा पाइने छ ।
  • पुरानो राहदानी हराएकोमा वा राहदानीमा क्षति पुगी नयाँ बनाउनु पर्ने अवस्थामा थप दस्तुर रु ५०००।- लाग्नेछ ।

३ हस्तलिखित राहदानीको म्याद बहाल हुँदै एमआरपि बनाउन सकिन्छ ?

  • सकिन्छ । यसको लागि नयाँ एमआरपि बनाउँदा अबलम्बन गर्नुपर्ने प्रक्रिया पुरा गर्नु पर्दछ ।

४ राहदानी विभागबाट द्रुत सेवाबाट एमआरपि लिन के गर्नुपर्छ ?

  • आफ्नो नागरिकता प्रमाणपत्र जारी भएको जिल्ला प्रशासन कार्यालयबाट वा बसाईसराई भएकोमा बसाईसराई भएको जिल्लामा अवस्थित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गरी राहदानी विभागमा आवेदन दिन सकिन्छ । यसका लागि थप दस्तुर लाग्ने हुन्छ र प्राविधिक वा अन्य कारण भएमा बाहेक सामान्यत राहदानी विभागबाट आवेदन दिएको तेस्रो कार्यदिनमा राहदानी जारी गर्ने गरिएको छ ।

५ नेपाली नागरिकता प्रमाणपत्र प्रमाणिकरण कसरी गर्ने ?

  • नागरिकता प्रमाणपत्र जुन जिल्ला प्रशासन कार्यालयबाट जारी भएको हो त्यही जिल्लाबाट प्रमाणित गरिन्छ । यसमा आवेदकको फोटो टाँसी त्यसमा सम्बन्धित अधिकारीको दस्तखत गरिएको हुन्छ । नागरिकता प्राप्त गरेको जिल्लाबाट बसाई सरेको अवस्थामा बसाईसराईको कागजात लिई हाल बसोबास गरेको जिल्लाबाट प्रमाणिकरण गर्न सकिन्छ । नागरिकता प्रमाणिकरण नभै राहदानी विभागमा आवेदन स्विकार हुँदैन ।


पछिल्लो अपडेट गरिएको : 2083-03-06 19:35:58

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,कैलाली .